२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

संविधान संशोधनबारे कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्दै

Nada
२०८३ असार २५ गते १२:१५
Shares
संविधान संशोधनबारे कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्दै

काठमाडौँ : नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

ncell

कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् । कांग्रेसले संविधान संशोधनबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न विज्ञ समिति गठन गरेको थियो । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित विज्ञ समिति सदस्यमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् ।

सम्बन्धित खबर