२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

संवैधानिक नियुक्तिलाई खुला प्रतिस्पर्धामा आधारित बनाउनुपर्नेमा एमालेको जोड

Nada
२०८३ असार २५ गते १३:४७
Shares
संवैधानिक नियुक्तिलाई खुला प्रतिस्पर्धामा आधारित बनाउनुपर्नेमा एमालेको जोड

काठमाडौँ : नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचन आयोगलगायत संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रियालाई खुला प्रतिस्पर्धामार्फत अघि बढाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

ncell

प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइका विषयमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले नियुक्ति प्रक्रियालाई थप पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धामूलक बनाउने व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

उनका अनुसार निर्वाचन आयोग राजनीतिक रूपमा संवेदनशील तथा तटस्थ भूमिकामा रहने संवैधानिक संस्था भएकाले त्यसमा नियुक्त हुने पदाधिकारी छनोटको प्रक्रिया विश्वासयोग्य र खुला प्रतिस्पर्धामा आधारित हुनुपर्छ ।

सांसद अर्यालले वर्तमान सरकारले पनि संवैधानिक नियुक्तिका सन्दर्भमा विगतदेखि अवलम्बन हुँदै आएको अभ्यासलाई नै निरन्तरता दिएको टिप्पणी गरिन् ।

उनले संसदीय सुनुवाइ प्रक्रिया हतारमा टुंग्याउनु उपयुक्त नहुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षसँग पर्याप्त छलफल, समीक्षा र सहमतिका आधारमा निर्णय प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिइन् ।

सम्बन्धित खबर