२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपाको लाचारीपनलाई  इतिहासले अवश्य हेर्नेछ : सांसद ओली 

सीमाजस्तो संवेदनशील विषयमा बसेको मौनतालाई इतिहासले मूल्यांकन गर्छ

Nada
२०८३ असार २५ गते १४:०६
Shares
रास्वपाको लाचारीपनलाई  इतिहासले अवश्य हेर्नेछ : सांसद ओली 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी छन् । 

ncell

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी हुन् ।

उनले प्रधानमन्त्रीले संसद्लाई भन्दा आफ्नो दलको चितवन महाधिवेशनलाई प्राथमिकता दिएकोमा आपत्ति जनाउँदै सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा राखिन्  । 

उनले भनिन्, ‘दुर्भाग्यवश, प्रधानमन्त्रीज्यूले संसद्लाई होइन, आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो। के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो ? के सार्वभौम संसद् पार्टीको मञ्च भन्दा सानो संस्था भएको हो ? संविधानले प्रधानमन्त्रीलाई कार्यपालिका प्रमुख बनाएको छ। कार्यपालिका संसद्प्रति उत्तरदायी रहनुपर्छ ।’

राष्ट्रिय सार्वभौमिकता र सीमा जस्तो संवेदनशील विषयमा सत्ता पक्षका सांसदहरू मौन बसेको भन्दै उनले उक्त मौनतालाई इतिहासले मूल्याङ्कन गर्ने चेतावनी दिइन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यो विषयमा तपाईँहरू किन मौन बसिरहनुभएको छ ?’ उनले प्रश्न गरिन्, ‘राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन? केही दल, केही नेतागत निष्ठा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित भन्दा माथि कसरी पुग्यो? इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन, सत्तापक्षले कहिले बोल्यो, कहिले मौन रह्यो र कसको पक्षमा उभियो भन्ने कुरा पनि लखिनेछ ।’

उनले इतिहासले सत्तापक्षको लाचारीपन अवश्य हेर्ने बताइन् ।

सम्बन्धित खबर