२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

Nada
२०८३ असार २५ गते १४:२६
Shares
सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् । 

ncell

बिहीबार मन्त्रालयमा आफ्नो सय दिनको कार्यकालमा भएका कामकारबाहीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जनतालाई मल सहज रूपमा उपलब्ध गराउनका लागि मन्त्रालयले सबैभन्दा बढी समय मल क्षेत्रमा खर्चिरहेको  र यसका लागि एउटा डेडिकेटेड टोली खटिएको बताएकी हुन् । 

उनले केन्द्र सरकारले मल आपूर्ति गर्ने र प्रदेश तथा स्थानीय सरकारले वितरणको काम गर्ने गरी समन्वय भइरहेको जानकारी दिइन् ।

मलको कालोबजारी रोक्न क्युआर  कोड र छुट्टै टोली परिचालन गरिएको भन्दै उनले गुल्मी र कपिलवस्तुलगायतका ठाउँमा जनताको सूचनाका आधारमा छापा मारी मल बरामद समेत गरिएका बताइन् । उनले खसीको मासुको मूल्य वृद्धिका बारेमा मन्त्रालयले अनुगमन गरिरहेको धारणा राखिन् ।

सम्बन्धित खबर