२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राहदानी विभागको गेट अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास

Nada
२०८३ असार २५ गते १४:५५
Shares
राहदानी विभागको गेट अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

ncell

आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले केहीबेरअघि शरीरमा आगो लगाएर आफ्नै ज्यान लिने प्रयास गरेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएर उनलाई उपचारका लागि अस्पताल लगेको एसपी  भट्टराईले नेपाल बताए । ती पुरुषको विस्तृत विवरण खुल्न बाँकी छ ।

घटनाको अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

सम्बन्धित खबर