२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

महानगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरेपछि आत्मदाह प्रयास, अवस्था गम्भीर

Nada
२०८३ असार २५ गते १५:२१
Shares
महानगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरेपछि आत्मदाह प्रयास, अवस्था गम्भीर

काठमाडौँ : त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने युवाको पहिचान खुलेको छ । उनी मुगुका २५ वर्षीय गणेश नेपाली हुन् ।

ncell

पेसाले पठाओ (राइड सेयरिङ) चालक रहेको र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि आवेशमा आएर उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए  ।

बिहीबार दिउँसो करिब १:४५ बजेको समयमा काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै ती युवकले अप्रत्याशित रूपमा आफ्नो शरीरमा आगो लगाएका थिए । महानगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा राखेको भन्दै उनको मोटरसाइकलमा साँचो (ह्वील लक) लगाएपछि उनी आक्रोशित बनेका थिए । सोही विषयलाई लिएर विवाद र तनाव भएपछि उनले पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हाल उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नेपालीको अवस्था गम्भीर छ ।

उनको शरीरका विभिन्न भाग जलेका छन् भने उनी हाल हल्का बोल्न सक्ने अवस्थामा रहेका छन् । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर