२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सरकारको भुइँमा खुट्टै छैन, यसरी उम्लिएकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

एमाले सकिन हैन, देश बनाउन जन्मिएको पार्टी हो

Nada
२०८३ असार २५ गते १६:५०
Shares
सरकारको भुइँमा खुट्टै छैन, यसरी उम्लिएकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार देश र जनताको हित विपरीत चलेको आरोप लगाएका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै सरकार फाँसीवादी यात्रा अगाडि बढेको बताए ।

ncell

ओलीले वर्तमान सरकारको सय दिनमा जनता खुसी हुने कुनै काम नभएको टिप्पणी गरेका छन् ।  

उनले भने, ‘पत्रकार भाइबहिनीहरूले प्रश्न सोध्ने गर्नुहुन्छ, १०० दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर। उत्तर देखिराख्नुभएको छ। सुकुम्वासीका फोटो आफैले छापिराख्नुभएको छ। बालबालिकाका धरधरी रोएका फोटो आफैले छापिराख्नुभएको छ। सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाईँ आफैले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ।’

उनले देशमा खुसी हुनका लागि राति अबेरसम्म विश्वकप फुटबल खेल हेर्नुको विकल्प नरहेको बताए । सरकारलाई भाँडोमा उम्लिएको दूधसँग तुलना गर्दै अध्यक्ष ओलीले सरकारको खुट्टा भुइँमा नभएको र कर्तव्य बोध शून्य रहेको धारणा राखे ।

उनले प्रधानमन्त्री वा मन्त्रीविरुद्ध बोलेमा वा जेल जानुपर्ने स्थिति सिर्जना भएको भन्दै झुक्किएर पनि उनीहरूका बारेमा नबोल्न सुझाव दिए । उनले सरकारलाई कति नम्बर दिने भन्ने कुरा जनता र सञ्चारमाध्यमकै हातमा रहेको उल्लेख गरे ।

एमाले सकियो भन्ने टिप्पणीप्रति अध्यक्ष ओलीले एमाले सकिन नभई देश बनाउन र सफलता प्राप्त गर्न जन्मिएको पार्टी भएको दाबी गरे । कार्यक्रममा अध्यक्ष ओलीले नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्की सहित ६ जना केन्द्रीय सदस्यहरूलाई एमालेमा प्रवेश गराएका थिए । 

सम्बन्धित खबर