२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु

Nada
२०८३ असार २५ गते १८:४६
Shares
मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु

जनकपुर : आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन् ।

ncell

बिहीबार जनकपुरमा फर्जी तमसुक लेखिएका पर्चा जलाउँदै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाइमा पीडितहरूले काठमाडौं केन्द्रित पैदल यात्रा थालेका हुन् ।

आन्दोलनकारीहरूले सरकारले मिटरब्याज पीडितसँग पटकपटक सहमति गरे पनि ती सहमति प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

सरकारले मिटरब्याज अपराध तथा त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेकाले बाध्य भएर न्यायको खोजीमा पैदल मार्च सुरु गर्नुपरेको उनीहरूको भनाइ छ ।

पीडितहरूले फर्जी तमसुक खारेज गर्न, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी कानुन निर्माण गर्न, पीडितहरूको चल तथा अचल सम्पत्ति फिर्ता गराउन र दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले आफ्ना मागको शीघ्र सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

सम्बन्धित खबर