२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

टेलिकमको भ्रष्टाचार मुद्दामा एमडी पहाडीसहित सबैलाई सफाइ

Nada
२०८३ असार २५ गते १९:०७
Shares
टेलिकमको भ्रष्टाचार मुद्दामा एमडी पहाडीसहित सबैलाई सफाइ

काठमाडौं : विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएकोभन्दै प्रबन्ध निर्देशक संगीता पहाडीलगायत सबैलाई सफाइ दिएको छ । 

ncell

नेपाल टेलिकमका  तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत पहाडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा बिहीबार भएको सुनुवाईमा विशेष अदालतले सबै आरोपितलाई सफाइ दिएको हो ।

पहाडी २०८१ भदौ २१ मा नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् । भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि उनी पुनर्बहाली हुनेछिन् । उनको कार्यकाल अझै दुई वर्ष बाँकी छ । 

सम्बन्धित खबर