२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

गणेश नेपालीको मृत्युलाई राजनीतिक विवादभन्दा मानवीय संवेदनाको विषय बनाउन गगन थापाको आग्रह

Nada
२०८३ असार २६ गते १४:१२
Shares
गणेश नेपालीको मृत्युलाई राजनीतिक विवादभन्दा मानवीय संवेदनाको विषय बनाउन गगन थापाको आग्रह

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नभई समाज र राज्यको संवेदनशीलतासँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन् ।

ncell

उनले घटनाले समग्र नेपाली समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै एक नागरिकको जीवन, परिवारले भोगेको असह्य पीडा र मानवीय संवेदनाको पक्षलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

थापाले कठिन अवस्थामा रहेको गणेश नेपालीको परिवारलाई कसरी सहयोग र साथ दिन सकिन्छ भन्ने विषयमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्। विगत वा वर्तमानमा कसको कमजोरी रह्यो भन्ने बहसभन्दा पनि यस्ता घटनाबाट राज्य सञ्चालन, सामाजिक अवस्था र नागरिकप्रतिको जिम्मेवारीबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनको भनाइ छ ।

उनले यस्ता घटनाले राज्य, समाज र नागरिक सबैलाई केही आधारभूत प्रश्नमाथि सोच्न बाध्य बनाएको बताएका छन् । एक युवाले किन चरम निराशाको अवस्था भोग्नुपर्छ, आफ्ना समस्या व्यक्त गर्न किन यति कठोर कदम चाल्नुपर्ने अवस्था आउँछ र राज्यका सेवा तथा संयन्त्रप्रति नागरिकले किन असहाय महसुस गर्छन् भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

थापाका अनुसार समाज, परिवार, राज्य र नागरिक तहबाट भएका कमजोरी पहिचान गरी भविष्यमा कुनै पनि व्यक्तिले यस्तो बाटो रोज्नुपर्ने अवस्था नआउने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको वास्तविक सम्मान हुनेछ ।

सम्बन्धित खबर