२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

गणेश नेपालीको मृत्युपछि रक्षा बमको टिप्पणी : ‘महानगरको कार्यशैली पनि समीक्षा हुनुपर्छ’

Nada
२०८३ असार २६ गते १४:४६
Shares
गणेश नेपालीको मृत्युपछि रक्षा बमको टिप्पणी : ‘महानगरको कार्यशैली पनि समीक्षा हुनुपर्छ’

काठमाडौँ : राहदानी विभाग परिसर अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि अभियन्ता रक्षा बमले काठमाडौँ महानगरपालिका र त्यसको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।

ncell

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै बमले गणेश नेपालीको आत्मदाह प्रयासलाई केवल व्यक्तिगत घटनाका रूपमा नभई राज्यका निकायको व्यवहार र सार्वजनिक निकायको कार्यशैलीसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।

उनले विशेष गरी काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको व्यवहार, सडक व्यापारी तथा विपन्न वर्गप्रतिको दृष्टिकोण र कार्यशैलीको समीक्षा आवश्यक रहेको दाबी गरेकी छन् । महानगरको नेतृत्वमा विकास भएको कार्यशैलीले कमजोर वर्गमाथि असंवेदनशील व्यवहार संस्थागत गरेको उनको आरोप छ ।

बमले काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाहको नेतृत्वको समेत आलोचना गर्दै महानगरले विगतमा सञ्चालन गरेका सडक व्यापार व्यवस्थापन, अतिक्रमण हटाउने तथा नगर प्रहरी परिचालनका अभियानहरू मानवीय संवेदनशीलतासहित सञ्चालन हुनुपर्ने उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो प्रतिक्रियामा उनले राज्यले पनि यस्ता घटनाबाट पाठ सिक्नुपर्ने र सार्वजनिक निकायहरूले कानुनी कार्यान्वयनसँगै मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।

बमले राहदानी विभाग परिसर बाहिर आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएसँगै यो अभिव्यक्ति दिएकी हुन् । घटनापछि सामाजिक सञ्जालमा राज्य, सार्वजनिक निकाय तथा सेवा प्रवाहको शैलीबारे पक्ष-विपक्षमा व्यापक बहस भइरहेको छ ।

सम्बन्धित खबर