
काठमाडौं : प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित रहेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्यको यस्तो गरिवमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरुजस्ता गरिव नागरिकले मर्नुपर्ने अवस्था आएको जिकिर समेत गरे ।
नेता शाहीले गरिब, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भएपनि सरकारले उक्त व्यवहार देखाउन नसकेको दाबी समेत गरे ।
उनले सरकारको नीति, नियम र निर्णय धनीहरुको पक्षमा मात्रै रहेको पनि बताए ।
नेता शाहीले काठमाडौं सहर हुनेखानेहरूको मात्रै हो ? भन्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न समेत गरे ।