२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

गणेश नेपाली प्रकरण : गृहमन्त्रीले उठाए तीन तहको सरकारको भूमिकामाथि प्रश्न

Nada
२०८३ असार २६ गते १६:२९
Shares
गणेश नेपाली प्रकरण : गृहमन्त्रीले उठाए तीन तहको सरकारको भूमिकामाथि प्रश्न

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनालाई लिएर संघीय सरकारमाथि उठेका प्रश्नको जवाफ दिँदै स्थानीय तहको कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढेको बताएका छन् ।

ncell

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले उक्त घटना संघीय सरकारको प्रत्यक्ष निर्णय वा कारबाहीका कारण नभएको दाबी गरे । उनले घटनासँग सम्बन्धित विषयमा राज्य संरचनाका विभिन्न तहको जिम्मेवारीबारे स्पष्ट हुनुपर्ने धारणा राखे ।

गृहमन्त्री गुरुङले नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहेको उल्लेख गर्दै घटनास्थलको प्रशासनिक जिम्मेवारी र अधिकार क्षेत्रबारे ध्यान दिन आग्रह गरे ।

उनका अनुसार गणेश नेपालीमाथि गरिएको कारबाही ट्राफिक प्रहरीबाट नभई स्थानीय सरकारको नियम कार्यान्वयनसँग सम्बन्धित विषय थियो । उनले प्रतिनिधिसभामार्फत विपक्षी दलहरूलाई घटनास्थल रहेको स्थानीय तह र प्रदेश सरकारको राजनीतिक जिम्मेवारीबारे समेत प्रश्न गरे ।

“घटनास्थलमा ट्राफिकले ह्वील लक गरेको होइन, स्थानीय सरकारले बनाएको कानुन कार्यान्वयन भएको हो,” भन्दै उनले सम्बन्धित नियम निर्माण गर्ने निकाय र त्यसको कार्यान्वयनबीचको सम्बन्ध बुझ्न आवश्यक रहेको बताए ।

गृहमन्त्री गुरुङले संघीय शासन प्रणालीमा विभिन्न तहका सरकारको अधिकार र दायित्व छुट्टाछुट्टै हुने उल्लेख गर्दै घटनालाई लिएर संघीय सरकारमाथि मात्र दोषारोपण गर्नु उचित नहुने धारणा व्यक्त गरे ।

सम्बन्धित खबर