२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सर्लाहीमा आत्मदाह प्रयास गरेकाविवेक मण्डललाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै

Nada
२०८३ असार २६ गते १८:४१
Shares
सर्लाहीमा आत्मदाह प्रयास गरेकाविवेक मण्डललाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै

काठमाडौँ : सर्लाहीमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।  राजधानी काठमाडौँमा बिहीबार भएको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका हुन् । 

ncell

सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका छन्  ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार घाइते मण्डलको मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उनले के-कति कारणले यस्तो चरम कदम चाले भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गम्भीर अवस्थामा रहेका मण्डललाई तत्काल प्राथमिक उपचारपछि थप र प्रभावकारी उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरिएको छ । 


 

सम्बन्धित खबर