२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

Nada
२०८३ असार २६ गते १९:३७
Shares
भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार : भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा दुई वटा अस्थायी संरचना निर्माण गरेर सवारीसाधन सञ्चालन गरिएको छ । 

ncell

पुल निर्माणको ठेक्का हालै भएकाले वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि रिजीगार र उसुम खोलामा अस्थायी संरचना निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको करिडोरका आयोजना प्रमुख नरेशकुमार केसरीले जानकारी दिए । रमण निर्माण सेवाले करिडोर आयोजनासँग गत जेठ ७ गते सम्झौता गरेर काम सम्पन्न गरेको थियो । 

खोलामा हुम पाइपदेखि अन्य काम गरिएको कार्यालय प्रमुख केसरीले जानकारी दिनुभयो । हाल यहाँ पुल नहुँदा सिधा डोल्पा जान र आउन समस्या हुने गरेको थियो । 

पुल निर्माणका लागि ठेक्का लगाइएको भन्दै उनले केही दिनमा सम्झौता हुने जानकारी दिए । रिजीगार र उसुम खोलाका साथै अन्य ११ ठाउँमा पुल निर्माणका लागि ठेक्का भएको छ । 

सम्बन्धित खबर