२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

काठमाडौँको बुद्धनगरमा एक पुरुषद्वारा आत्मदाह प्रयास, उद्धारपछि उपचार जारी

Nada
२०८३ असार २७ गते १०:०६
Shares
काठमाडौँको बुद्धनगरमा एक पुरुषद्वारा आत्मदाह प्रयास, उद्धारपछि उपचार जारी

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

ncell

४५ वर्षीय आश्विन राउतले शनिबार बिहान भान्सा कोठामा गएर आत्मदाहको प्रयास गरेको र घाइते अवस्थामा उनको उद्धार गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता पवन भट्टराईले प्रशासनलाई बताए ।

प्रवक्ता भट्टराईका अनुसार घाइते व्यक्तिको उद्धार गरी वीर अस्पताल पठाइएको छ। हाल उनको वीर अस्पतालमा उपचार जारी छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

सम्बन्धित खबर