२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुकुम्वासी व्यवस्थापनको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

Nada
२०८३ असार २८ गते १३:१३
Shares
सुकुम्वासी व्यवस्थापनको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौँ : सुकुम्वासीको स्थायी व्यवस्थापनको माग उठाउँदै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा आइतबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको छ ।

ncell

प्रदर्शनमा मोर्चासँग आबद्ध प्रतिनिधिका साथै सुकुम्वासी समुदाय र सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सरकारले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले सुकुम्वासी व्यवस्थापनको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् । साथै, हालै पक्राउ परेका व्यक्तिहरूलाई बिना कुनै सर्त तत्काल रिहा गर्नुपर्ने मागसमेत राखिएको छ ।

प्रदर्शनकारीहरूले सुकुम्वासी सम्बन्धी विषयलाई दीर्घकालीन रूपमा समाधान गर्न राज्यले आवश्यक नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

सम्बन्धित खबर