२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नुवाकोटको विदुर-१३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालन

Nada
अन्जान गुभाजु
२०८३ असार २९ गते १६:२६
Shares
नुवाकोटको विदुर-१३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालन

नुवाकोट : विदुर नगरपालिका-१३ वडा कार्यालयले आजदेखि आफ्नो सेवा नवनिर्मित भवनबाट सञ्चालनमा ल्याएको छ ।

ncell

यसअघि तल्लो देउडीबाट सञ्चालन हुँदै आएको वडा कार्यालयको सेवा सोमबारदेखि माथिल्लो देउडीस्थित साविक कल्याणपुर गाविस कार्यालय रहेको जग्गामा निर्माण गरिएको नयाँ भवनबाट सुरु गरिएको वडा अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिए ।

नेपाल सरकारको करिब १ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनबाट वडा कार्यालयको सम्पूर्ण प्रशासनिक सेवा प्रदान गर्न थालिएको हो । नयाँ भवनबाट सेवाको औपचारिक शुभारम्भ बिदुर नगरपालिका–८ निवासी मिरा अधिकारीलाई घरबाटो प्रमाणित सिफारिस प्रदान गरेर गरिएको थियो ।

नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयका सेवाग्राहीले थप सहज, व्यवस्थित र गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

No description available.

सम्बन्धित खबर