
काठमाडौं : सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त गरेकाे छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठलाई सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र दिएका छन् । प्रेस काउन्सिलको अध्यक्ष चयनका लागि पहिलोपटक खुला प्रतिस्पर्धा गरिएको थियो । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार, काउन्सिल अध्यक्षका लागि संक्षिप्त सूचीमा श्रेष्ठसहित १० जना आवेदक छनौट भएका थिए । संक्षिप्त सूचीमा केदारनाथ कोइराला, गोविन्द्रप्रसाद भण्डारी, जनक नेपाल, नुमाकान्त पौडेल, बालकृष्ण चापागाईं, भुवनप्रसाद आचार्य, रूद्रबहादुर खड्का, लेखनाथ न्यौपाने र शन्तराम बिडारी थिए ।
अध्यक्ष नियुक्त पत्रकार श्रेष्ठ चर्चित ब्लगर र फ्याक्ट चेकर हुन् । माइ संसार ब्लगमा उनी शालोक्यका नामले परिचित छन् ।