२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

लोकतान्त्रिक समाज नागरिकको प्रश्न गर्ने अधिकार कसैले खोस्न सक्दैन : गगन थापा

Nada
२०८३ असार २९ गते १८:०५
Shares
लोकतान्त्रिक समाज नागरिकको प्रश्न गर्ने अधिकार कसैले खोस्न सक्दैन : गगन थापा

काठमाडौँ :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक समाजमा नागरिकको प्रश्न गर्ने अधिकार र त्यसका लागि आवश्यक साहस कुनै पनि परिस्थितिमा खोस्न नसकिने बताएका छन् ।

ncell

सोमबार आयोजित पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै थापाले आफ्नो पुरानो बसोबास रहेको रातो पुल क्षेत्रमा समेत शंकास्पद रूपमा सवारी साधन राखिएको जानकारी आएको उल्लेख गरे । उनले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको बताए ।

थापाले सरकार नै प्रश्न उठाउने आवाजलाई नियन्त्रण गर्ने दिशामा अग्रसर देखिनु गम्भीर विषय भएको टिप्पणी गरे । यस्ता गतिविधिप्रति पार्टीको तर्फबाट खेद व्यक्त गर्दै नागरिकको अभिव्यक्ति र प्रश्न गर्ने अधिकार कुनै पनि माध्यमबाट सीमित गर्न नसकिने उनको भनाइ थियो ।

उनले समाज, राजनीतिक दल वा नागरिकको प्रश्न गर्ने अधिकार र मनोबल यस्ता घटनाले कमजोर नपार्ने उल्लेख गर्दै लोकतान्त्रिक अधिकारको संरक्षण आवश्यक रहेको बताए ।

महामन्त्री थापाले विगतमा यस्तै प्रवृत्तिका कारण राजनीतिक दलहरूले जनविश्वास गुमाएको स्मरण गराउँदै अहिले पनि त्यही प्रकारका अभ्यास दोहोरिनु चिन्ताको विषय भएको बताए । उनले यस्ता घटनाबाट पाठ सिक्दै भविष्यमा थप नदोहोरिने वातावरण निर्माण गर्न सबै पक्षले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।

सम्बन्धित खबर