२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विष्णु पौडेलको पाँचौंपटक म्याद थप, अझै ३ दिन हिरासतमा राख्न अनुमति 

Nada
२०८३ असार २९ गते १८:३०
Shares
विष्णु पौडेलको पाँचौंपटक म्याद थप, अझै ३ दिन हिरासतमा राख्न अनुमति 

काठमाडौं : विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ । 

ncell

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार तीन दिनको म्याद थप गरेको हो । उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा अनुसन्धान गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिन र असार २४ मा ५ दिनको म्याद थपिएको थियो ।

त्यसयता उनलाई चार पटक विशेष अदालतबाट म्याद लिएर विभागले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

पौडेलकी पत्नी दोमाया पौडेलले रिहाइको माग गर्दै सर्वोच्चमा दायर रिट भने खारेज भएको छ ।

सम्बन्धित खबर