२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मिटरब्याज पीडितलाई बाटैमा भेट्न निजगढ पुगे गृहमन्त्री गुरुङ

Nada
२०८३ असार ३० गते १२:०१
Shares
मिटरब्याज पीडितलाई बाटैमा भेट्न निजगढ पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ : जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौँतर्फ प्रस्थान गरेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् ।

ncell

आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले पैदल यात्रामा निस्किएका पीडितहरू आइपुगेपछि गृहमन्त्री गुरुङ पीडितहरूसँग भेट्न बाराको निजगढ पुगेका हुन् । 

 निजगढ पुगेर गृहमन्त्री गुरुङले मिटरब्याज पीडितसँग छलफल गर्न सुरु गरेका छन् ।

मिटरब्याज पीडितहरूले तमसुक जलाएर जनकपुरको तिरहुतियागाछीबाट ६ दिनअघि पैदल मार्च सुरू गरेका थिए ।

वालेन्द्र शाहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्याजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

उनीहरूले तमसुक व्यवस्था खारेज गरिनुपर्ने, मिटरब्याज पीडितको पक्षमा विशेष ऐन ल्याउनुपर्ने, पीडितहरूको चल-अचल सबै सम्पत्ति फिर्ता गरिनुपर्ने लगायत माग राखेका छन् ।

सम्बन्धित खबर