२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पूर्व अमिरको निधनप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव आज कतार जाँदै

Nada
२०८३ असार ३० गते १२:१२
Shares
पूर्व अमिरको निधनप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव आज कतार जाँदै

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतार जाने भएका छन् । पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न मंगलबार यादव कतार जान लागेको हो । उनी दिउँसो तीन बजे प्रस्थान गर्ने छन् ।

ncell

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव बिहीबारसम्म कतारको औपचारिक भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा उनले भोलि कतारका अमिर शेख तमीम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको समवेदना पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपतिसँग उच्चपदस्थ सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल पनि रहेको छ । भ्रमण सम्पन्न गरी उपराष्ट्रपति यादव बिहीबार काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर