२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मिडिया हाउसअगाडि गाडी तेर्स्याउनेलाई कारबाही गर्न सांसद मल्लको माग

Nada
२०८३ असार ३० गते १२:२७
Shares
मिडिया हाउसअगाडि गाडी तेर्स्याउनेलाई कारबाही गर्न सांसद मल्लको माग

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले मिडिया हाउस अगाडि गाडी तेर्स्याएर त्रास सिर्जना गर्ने गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

ncell

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सोमबार बिहान मिडिया हाउस अगाडि गाडी तेर्स्याएर आतंकित पार्न खोजेको आरोप लगाए ।

उनले दिनभर उक्त घटनाबारे विभिन्न चर्चा भए पनि अन्त्यमा राज्य संरक्षित केही व्यक्तिबाट नै यस्तो गतिविधि भएको देखिएको दाबी गरे। उनले राज्य आफैँले आतंक मच्चाउने र सामान्य जरिवाना तिराएर जिम्मेवारीबाट उन्मुक्ति दिने काम स्वीकार्य नहुने बताए ।

‘५०० रुपैयाँदेखि लाखौँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था भएको अवस्थामा अहिले ५०० रुपैयाँको चिट काटेर उनीहरूलाई छाडिएको भन्ने सुनिएको छ, यो कदापी स्वीकार्य हुँदैन ।’ उनले भने

मल्लले घटनामा प्रयोग भएका गाडी जफत गरी लाखौँ रुपैयाँ जरिवाना गर्न तथा योजनाकारलाई समेत कडा कारबाही गर्न सरकारसँग माग गरे ।

सम्बन्धित खबर