
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठक जारी रहेका बेला प्रधानमन्त्री शाह उपस्थित भएका हुन् ।
गत जेठ १७ गतेको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि पहिलो पटक प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएका हुन् ।
प्रधानमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि बैठकमा सहभागी भएका छन् ।