२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रतिनिधिसभामा २० मिनेट बसेर निस्किए रवि-बालेन  

Nada
२०८३ असार ३० गते १४:५३
Shares
प्रतिनिधिसभामा २० मिनेट बसेर निस्किए रवि-बालेन  

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधि सभा बैठकमा सहभागी भए पनि छोटो समयमै बाहिरिएका छन् ।

ncell

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सहभागी हुन प्रधानमन्त्री शाह र सभापति लामिछाने दिउँसो १ बजेर ३७ मिनेटमा संसद् भवन पुगेका थिए । उनीहरू बैठक कक्षमा प्रवेश गरी करिब २० मिनेट बसेपछि बाहिरिएका हुन् ।

बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री शाहले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए ।

प्रधानमन्त्री र रास्वपा सभापतिको संसद् उपस्थितिलाई पछिल्लो राजनीतिक गतिविधिका सन्दर्भमा चासोका साथ हेरिएको थियो। यद्यपि उनीहरूको बैठक सहभागिता भने छोटो समयमै सीमित भएको छ ।

सम्बन्धित खबर