२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मिडिया गेटमा गाडी पार्किङ प्रकरणमा संलग्नको खोजी भइरहेको सरकारको दाबी

Nada
२०८३ असार ३० गते १८:४५
Shares
मिडिया गेटमा गाडी पार्किङ प्रकरणमा संलग्नको खोजी भइरहेको सरकारको दाबी

काठमाडौँ : सरकारले सञ्चारमाध्यमका कार्यालय प्रवेश मार्गमा सवारी साधन राखेर अवरोध सिर्जना गर्ने व्यक्तिहरूको पहिचान प्रक्रिया अघि बढिरहेको जनाएको छ ।

ncell

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त घटनामा सरकारको संलग्नता रहेको आरोप अस्वीकार गरेका छन् ।

उनले नेपाल प्रहरीमार्फत घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी दिए । प्रहरी संयन्त्रले निष्पक्ष रूपमा अनुसन्धान गरिरहेको भन्दै उनले सरकारको निर्देशनमा कसैलाई संरक्षण वा लक्षित नगरिने स्पष्ट पारे ।

मन्त्री पोखरेलले घटनामा जुनसुकै राजनीतिक दल वा समूहसँग आबद्ध व्यक्ति संलग्न भए पनि प्रमाणका आधारमा कानुनी कारबाही गरिने बताए ।

उनले सार्वजनिक स्थानमा अवरोध सिर्जना गर्ने कार्यमा संलग्न व्यक्तिको पहिचान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढाइरहेको जानकारी दिए ।

सम्बन्धित खबर