२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

Nada
२०८३ असार ३० गते १९:४४
Shares
मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं : पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो ।

ncell

जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार अहिराजविरुद्धको बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । अदालतले दोषी ठहर गरे पनि सजाय भने अझै निर्धारण गरेको छैन । सजाय निर्धारणका लागि साउन ३२ गते अर्को पेसी तोकिएको छ ।

बलात्कार मुद्दामा पक्राउ परेपछि अहिराज करिब एक वर्षदेखि कारागारमा रहेका छन् । अब अदालतले सजाय निर्धारण गरेपछि उनले भोग्नुपर्ने कैद तथा अन्य कानुनी दायित्व तय हुनेछ ।

राजेश अहिराजलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ सालमा मधेश प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । 

सम्बन्धित खबर