२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

आजदेखि बजारमा भरी ग्यास सिलिन्डर पाइने, मूल्य २ हजार ६० रुपैयाँ निर्धारण

Nada
२०८३ असार ३१ गते ०९:३६
Shares
आजदेखि बजारमा भरी ग्यास सिलिन्डर पाइने, मूल्य २ हजार ६० रुपैयाँ निर्धारण

काठमाडौँ : बुधवारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

ncell

इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङमा सुधार आएपछि निगमले यो व्यवस्था लागू गरेको हो ।

उपभोक्ताले १४.२ केजीको ग्यासको मूल्य भने दुई हजार ६० रुपैयाँ तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसअघि ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन निगमले लागू हुने गरी प्रति सिलिन्डर ७.१ केजी मात्र ग्यास भरी आधा सिलिन्डर बिक्री गर्ने निर्णय गरेको थियो ।

नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले उपभोक्ताहरूलाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण (होर्डिङ) नगर्न समेत निगमले अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर