२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रौतहटमा एक युवकले गरे आत्मदाह प्रयास

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार ३१ गते ११:५४
Shares
रौतहटमा एक युवकले गरे आत्मदाह प्रयास

रौतहट : रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिका–९ गम्हरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजेको समयमा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् ।

ncell

​पारिवारिक स्रोत तथा स्थानीय जनप्रतिनिधिका अनुसार सहनी केही समयदेखि मानसिक तनावमा थिए । घरायसी तनाव र डिप्रेसनका कारण उनले राति घरमा राखिएको आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको गरुडा–९ का वडा अध्यक्ष राजेश सहनीले जानकारी दिए ।

​घटनालगत्तै परिवारका सदस्य र छिमेकीहरूले उद्धार गरी उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाका अनुसार आगोबाट सहनीको घाँटीमुनिको भाग जलेको छ । उनको शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जनाए ।

​बेटर नेपाल अस्पतालमा प्राथमिक उपचार गरिए तापनि चोटको गम्भीरतालाई ध्यानमा राख्दै चिकित्सकको सल्लाह र प्रहरीको समन्वयमा उनलाई बुधबार बिहान थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल काठमाडौं रिफर गरिएको छ ।

​पीडित सहनी गरुडा बजारस्थित झाझ पुल नजिकै सानो छाप्रे होटल सञ्चालन गर्दै आएका थिए । सोही व्यवसायको आम्दानीबाट उनले आफ्ना तीन छोरा, श्रीमती र आमाबुबासहितको परिवारको जीविकोपार्जन गर्दै आएका थिए । व्यवसायमा आएको मन्दी वा अन्य घरायसी कारणले उनी केही समयदेखि गम्भीर मानसिक दबाबमा रहेको स्थानीयको अनुमान छ ।

​यसैबीच घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बिर्ता र इलाका प्रहरी कार्यालय गरुडाको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सहनीले मानसिक समस्याका कारण विगतदेखि नै औषधि सेवन गर्दै आएको र घटनाको समयमा मादक पदार्थ सेवन गरेको समेत खुलेको छ ।

ताजा खबर

सम्बन्धित खबर