२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मुख्यमन्त्री शाहद्वारा एमालेका मन्त्रीहरू बर्खास्त

Nada
२०८३ असार ३१ गते १४:५१
Shares
मुख्यमन्त्री शाहद्वारा एमालेका मन्त्रीहरू बर्खास्त

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले) बाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।

ncell

मुख्यमन्त्री शाहले यसअघि एमालेलाई सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल निर्णय दिन आग्रह गरेका थिए । त्यसपछि एमाले नेतृत्व आन्तरिक छलफलमा जुटेको थियो भने मुख्यमन्त्री शाहले पनि आगामी राजनीतिक अवस्थाबारे परामर्श गरिरहेका थिए ।

एमालेबाट सरकारलाई निरन्तर समर्थन प्राप्त नहुने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका तर्फबाट सहभागी मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताइएको छ ।

पदमुक्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन् ।

प्रदेश सरकारको पछिल्लो निर्णयसँगै सुदूरपश्चिममा सत्ता समीकरण थप परिवर्तन हुने देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर