२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपसभामुख रुवी कुमारी चीन प्रस्थान

Nada
२०८३ असार ३१ गते १४:५९
Shares
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौँ : उपसभामुख रुवी कुमारी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान गरेकी छन् ।

ncell

संघीय संसद् सचिवालयका अनुसार उनी चीनको न्याङ्ग्ची (निङ्ची) सहरमा आयोजना हुने पाँचौँ चीन-सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन बिहीबार बिहान १०:४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत चीन गएकी हुन् ।

प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा.रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी छन् ।

असार ३१ गतेदेखि साउन १ गतेसम्म सञ्चालन हुने मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग उपसभामुखको भेटवार्ता हुने कार्यक्रम पनि तय गरिएको छ ।

प्रतिनिधिमण्डल साउन ४ गते नेपाल फर्कने कार्यतालिका रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर