२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

Nada
२०८३ असार ३१ गते १७:३०
Shares
सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

सुदूरपश्चिम : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ  । 

ncell

धनगढीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा पार्टीको असहमति रहेको र समाधानका लागि छलफल भइरहेका बेला आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गरेपछि समर्थन फिर्ता लिनुपरेको बताए । 

नेता रावलले पार्टीभित्र छलफल तथा नेताहरुसँग आवश्यक परामर्शपछि आगामी योजना निर्माण गरिने र प्रदेश सरकार तथा बजेटबारे धारणा सार्वजनिक गरिने जानकारी दिए । 

मुख्यमन्त्री कमलबहादुर शाहले आजै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदमुक्त गरेका थिए ।

सम्बन्धित खबर