२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

सुरक्षा, सेवा प्रवाह र विपद् व्यवस्थापनमा कास्की प्रशासनको सक्रियता

डिजिटल सेवामा जोड

Nada
उमा आले
२०८३ साउन १ गते १६:२८
Shares
सुरक्षा, सेवा प्रवाह र विपद् व्यवस्थापनमा कास्की प्रशासनको सक्रियता

पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले आर्थिक वर्ष २०८२/८३ मा शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर उल्लेखनीय काम गरेको जनाएको छ ।

ncell

शुक्रबार सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार सुरक्षा, सेवा प्रवाह र सुशासनलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिएको हो ।

प्रशासनका अनुसार कास्कीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान कार्यालयबीच प्रभावकारी समन्वय कायम गर्दै सुरक्षा व्यवस्था सञ्चालन गरिएको थियो । वर्षभर नियमित गस्ती, सवारीसाधन चेकजाँच, संयुक्त सुरक्षा अपरेशन तथा विशेष अभियान सञ्चालन गरिएकाले अपराध नियन्त्रणमा सकारात्मक उपलब्धि हासिल भएको दाबी गरिएको छ ।

वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्षभर विभिन्न प्रकृतिका हजारौं मुद्दा दर्ता भएका छन् भने ठूलो संख्यामा अभियुक्त पक्राउ परेका छन् । चोरी, अभद्र व्यवहार, हातहतियार सम्बन्धी कसुर तथा अन्य आपराधिक गतिविधिविरुद्ध कानुनी कारबाही अघि बढाइएको प्रशासनले जनाएको छ ।

No description available.

लागुऔषध नियन्त्रण अभियानलाई पनि प्राथमिकतामा राखिएको प्रतिवेदनमा उल्लेख छ । अभियानका क्रममा गाँजा, चरेस, ब्राउन सुगर, एलएसडी, एमडीएमएलगायत विभिन्न प्रतिबन्धित लागुऔषध बरामद गरिएको भन्दै लागुऔषध कारोबार अझै चुनौतीपूर्ण रहेको प्रशासनको निष्कर्ष छ ।

विपद् व्यवस्थापनतर्फ आगलागी, बाढी, पहिरो र चट्याङबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका कार्य प्रभावकारी रूपमा सञ्चालन गरिएको जनाइएको छ । साथै आगामी आर्थिक वर्षका लागि विपद् पूर्वतयारी योजना, द्रुत उद्धार टोली परिचालन योजना तथा सडक अवरोध हटाउने कार्ययोजना समेत तयार गरिएको प्रशासनले जनाएको छ ।

सेवा प्रवाहतर्फ आर्थिक वर्षभर हजारौं नागरिकता वितरण, राहदानी सिफारिस, राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण, नाबालक परिचयपत्र, विभिन्न सिफारिसलगायत प्रशासनिक सेवा प्रदान गरिएको विवरण सार्वजनिक गरिएको छ । राहदानी सेवामार्फत मात्रै उल्लेखनीय राजस्व संकलन भएको प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आगामी दिनमा सूचना प्रविधिमा आधारित सेवा विस्तार गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, अभिलेख व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, अपाङ्गमैत्री पूर्वाधार विकास गर्ने तथा विभिन्न सरकारी निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।

No description available.

uae

सम्बन्धित खबर