२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

२१औं वार्षिकोत्सवमा आकर्षण इन्टरनेसनलमा रक्तदान

Nada
२०८३ साउन २ गते ०८:०६
Shares
२१औं वार्षिकोत्सवमा आकर्षण इन्टरनेसनलमा रक्तदान

काठमाडौं : आकर्षण इन्टरनेसनल प्रा.लि. स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । हाल राजधानीको रातोपुलमा रहेको उक्त कम्पनीले पछिल्ला वर्षहरूमा उल्लेख्य संख्यामा नेपाली कामदारलाई शून्य लागतमा वैदेशिक रोजगारीमा पठाउँदै आएको छ ।

ncell

२१औं वर्ष प्रवेशको अवसरमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मान्यताअनुसार कार्यक्रम आयोजना गरिएको प्रा.लि.का अध्यक्ष विष्णु केसीले जानकारी दिए । त्यस अवसरमा करिब ५० जना रक्तदाताले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रा.लि.का सञ्चालक तथा प्रबन्ध निर्देशक मिलन थापासहित कर्मचारी तथा वैदेशिक रोजगारीमा जान काठमाडौं आएका श्रमिकहरूको सहभागिता रहेको उक्त प्रा.लि.ले जनाएको छ । रक्तदाताहरूलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’, मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठ, आकर्षण इन्टरनेसनलका अध्यक्ष केसी र प्रबन्ध निर्देशक थापाले प्रमाणपत्र तथा उपहार वितरण गरेका थिए ।

नेपाल सरकारले २०७२ सालबाट ‘फ्रि भिसा, फ्रि टिकट’ नीति कार्यान्वयन गरेको हो । त्यसभन्दा पहिले नै आफूहरूले शून्य लागतमा कामदार पठाउँदै आएको उल्लेख गर्दै अध्यक्ष केसीले शून्य लागतमा नेपाली कामदार मलेसिया पठाएको जानकारी गराउन पाउँदा खुसी र गौरव महसुस भएको, तर उक्त काम चुनौतीपूर्ण रहेको बताए ।

केही कठिनाइहरू रहे पनि नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदा निःशुल्क र पारदर्शी भर्ना प्रक्रियामार्फत पठाउनुपर्ने मान्यतामा आकर्षण इन्टरनेसनल अडिग रहने उनले बताए । शून्य लागतअन्तर्गत कामदार विदेश पठाउँदा लाग्ने भिसा, टिकट, मेडिकल, बिमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोषलगायत अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा लाग्ने आउजाउको सवारी भाडा, खाना, बसोबास व्यवस्थापन तथा राहदानीबापतको शुल्कसमेत कामदार विदेश जानुअघि नै भुक्तानी गर्ने गरिएको उनले जानकारी दिए ।
यसरी कामदार पठाउँदा श्रमिकहरूको सम्पूर्ण हकअधिकार र सुरक्षाको प्रत्याभूति हुनुका साथै उनीहरू मानसिक रूपमा पनि तनावमुक्त रहने अध्यक्ष केसीले बताए ।
आकर्षण इन्टरनेसनलले वैदेशिक रोजगारीका लागि मलेसियामा कामदार पठाउँदा श्रमिकहरूको समग्र हितमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता प्राप्त रोजगारदाता कम्पनीहरूबाट मात्र मागपत्र ल्याउने गरेको उल्लेख गर्दै अध्यक्ष केसीले ‘फ्रि भिसा, फ्रि टिकट’को विवरण वैदेशिक रोजगार विभागमा बुझाई कामदारका परिवार तथा सबै सरोकारवालालाई त्यसबारे जानकारी दिन आफूहरू तयार रहेको बताए ।

uae

सम्बन्धित खबर