२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

हिमालय एयरलाइन्सले भदौ ४ देखि कुवेतमा उडान पुनः सुचारु गर्ने

ADV
मध्यान्ह
२०८१ साउन २८ गते २१:२५
हिमालय एयरलाइन्सले भदौ ४ देखि कुवेतमा उडान पुनः सुचारु गर्ने

काठमाडौं : नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एयरलाइन्स्, हिमालय एयरलाइन्सले आउँदो भदौ ४ देखि कुवेतमा आफ्नो सीधा उडान पुनः शुरु गर्ने भएको छ ।

यात्रुहरुको आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरुको मागलाई सम्बोधन गर्दै हिमालय एयरलाइन्सले आफ्नोे सीधा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।

यसैगरी, काठमाडौं–कुवेत–काठमाडौंमा पुनः सुरु गरिएको यस उडानले हाम्रो एयरलाइन्सको दुई राष्ट्रका नागरिक–नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ । 

सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि, हामीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रुपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ । सुरुवातमा, काठमाडौं–कुवेत–काठमाडौं हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गरेर र थप मागको आधारमा उडानहरु थप्ने योजना बनाएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise