२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

ADV
मध्यान्ह
२०८१ साउन २९ गते २१:३०
सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौं : सिद्धार्थ बैंक र धुलिखेलमा रहेको आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

सो सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरुमाफ्र्mत् सम्पर्क गर्न सक्नेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise