२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

नेतृत्व परिवर्तनलाई मात्र पार्टी पुनर्गठन मान्न सकिदैन : सांसद झाँक्री

Nada
२०८३ भदौ ७ गते १३:१९
Shares
नेतृत्व परिवर्तनलाई मात्र पार्टी पुनर्गठन मान्न सकिदैन : सांसद झाँक्री

काठमाडौँ : नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अघि बढाइएको पुनर्गठनको अवधारणामाथि प्रश्न उठाएकी छन् । उनले नेतृत्वको एक तहमा मात्रै परिवर्तन गरेर संगठनका अन्य पक्ष यथावत् राखिए त्यसलाई पुनर्गठनको रूपमा परिभाषित गर्न मिल्ने वा नमिल्ने विषयमा प्रश्न गरेकी हुन् ।

ncell

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएको राजनीतिक बहसकै सन्दर्भमा पुनर्गठनको औचित्यमाथि टिप्पणी गरेकी छन् ।

उनले संगठनको नेतृत्वमा एक जना व्यक्तिलाई हटाउनेबाहेक संरचना, कार्यशैली, नेतृत्वका अनुहार र पार्टीभित्रको शक्ति सन्तुलनमा परिवर्तन नआए त्यसलाई वास्तविक पुनर्गठन मान्न नसकिने संकेत गरेकी छन् ।

झाँक्रीले पार्टीको आन्तरिक लोकतन्त्रको अवस्थालाई पनि आफ्नो टिप्पणीसँग जोड्दै जेन जेड आन्दोलन सुरु हुनुभन्दा एक दिनअघि सम्पन्न विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रसम्बन्धी विषयले पर्याप्त स्थान नपाएको उल्लेख गरेकी छन् ।

उनको अभिव्यक्ति सार्वजनिक भएपछि एमालेभित्रबाट त्यसको पक्ष-विपक्षमा प्रतिक्रिया आउन थालेका छन्। विशेष गरी पार्टीका युवा नेताहरूले सामाजिक सञ्जालमार्फत झाँक्रीको टिप्पणीप्रति प्रतिउत्तर दिन थालेका छन् ।

पार्टीको नेतृत्व, संगठनात्मक संरचना र आन्तरिक शक्ति सम्बन्धमा परिवर्तनलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा एमालेभित्र बहस चलिरहेका बेला झाँक्रीको पछिल्लो टिप्पणी आएको हो ।

ताजा खबर

सम्बन्धित खबर