कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणामपछि संसदमा नयाँ अनुहारले प्रवेश पाउने भएका छन् । पटकपटक चुनाव जित्दा समेत अपेक्षित काम गर्न नसकेपछि स्वतन्त्र र नयाँ दलका उम्मेद्वारहरुले यो पटक अवशर पाउने भएका छन् । जसमा पत्रकारिताबाट उदाएका रवि लामिछाने, मधेश आन्दोलनबाट उदाएका सिके राउत, राप्रपाका ज्ञानेन्द्र शाही लगायतका धेरै नयाँ उम्मेद्वारले संसदमा प्रवेश पाउने भएका हुन् । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, सीके राउतको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले संसदमा दरिलो प्रतिनिधित्व गर्ने भएका हुन् ।
अझ सञ्चार क्षेत्रबाट उदाएका रवि लामिछानेको पार्टीको प्रभाव त देशभर नै देखिएको छ । देशविदेशमा समेत राम्रो समर्थक भएका उनी चाथौँ दलका रुपमा संसदमा देखिने भएका छन् । उनको पार्टीबाट ललितपुर ३ मा तोसिमा कार्की, काठमाडौं २ बाट सोबिता गौतम, कास्की २ मा माधवप्रसाद कँडेल, काठमाडौं ६ मा शिशिर खनाललगायतका आधा दर्जन धेरै उम्मेदवारहरु संसदमा जाने सम्भावना बढेको छ । यद्यपि, उनले अमेरिकन नागरिकता त्यागेर नेपाली नागरिकता लिएको विषयमा भने उनीविरुद्ध उजुरी परेको छ ।
त्यस्तै, टीकापुर घटनाका क्रममा थारु समुदायमाथि अन्याय भएको भन्दै रेशम चौधरीले आफ्नी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा नयाँ पार्टी दर्ता गराएका छन् । उनको पार्टीको प्रभाव बाँके, कैलाली, बर्दिया लगायतका क्षेत्रमा राम्रो देखिन्छ र यो निर्वाचनसँगै राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । यद्यपि, चौधरी भने मधेश आन्दोलनमा ६ जना सुरक्षाकर्मी र एक बालकको ज्यान लिने मुख्य दोषी भएको भन्दै जेल सजाय भोगिरहेका छन् ।
पृथकतावादी आन्दोलनबाट शान्तिपूर्ण राजनीतिमा फर्किएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि मधेशको राजनीतिमा छुट्टै वर्चस्व राख्ने भएका छन् । उनी सप्तरी २ मा जसपा अध्यक्ष यादवलाई हराएर संसदमा जाने सम्भावना बढेको छ । मधेशलाई छुट्टै देश बनाउने भन्दै पृथकतावादी आन्दोलनमा हिँडेका राउतलाई केपी ओली नेतृत्वको सरकारले शान्तिपूर्ण र वैधानिक राजनीतिमा फर्काएको थियो ।
त्यस्तै, सामाजिक अभियन्ताका रुपमा परिचित ज्ञानेन्द्र शाही पनि जुम्लाबाट निर्वाचित हुने भएका छन् । पुराना पुस्तालाई हराउने अभियाननै चलिरहँदा दलका चर्चित नेताले पनि एकपछि अर्को गर्दे हार्ने र नयाँ पुस्ताले संसदमा प्रवेशता पाउने सम्भावना बढेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies