
काठमाडौं : नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन सार्वजनिक भएको छ । पार्टी पुनर्गठन पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन फेला परेको छ। जसलाई अध्यक्ष ओलीले पुनर्लेखन गर्न लगाएका छन्।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरेर प्रतिवेदन तयार पारेको हो ।
कार्यदलका सदस्य सचिव एवं एमाले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिइएको थियो । प्रतिवेदनमा नेतृत्वको हैसियतले पार्टी कमजोर बन्नुमा अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी लिनुपर्ने नेता कार्यकर्ताको सुझाव समेटिएको छ ।
प्रतिवेदनमा पार्टीको संगठनात्मक संरचनासँगै नेतृत्व पनि पुनर्गठन गर्नुपर्ने सिफारिस गरिएको थियो ।
कार्यदलले तयार पारेर अन्तिम रूप दिन बाँकी रहेको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनर्लेखन गर्न निर्देशन दिएसँगै अलपत्र परेको छ ।