कुमार पौडेल / मध्यान्ह
माल्टा, ७ मंसिर । बेलायतस्थित नेपाली दूतावासले आयरल्याण्ड र माल्टामा बसोवास गर्ने नेपालीलाई आगामी नोभेम्बर २५ भित्र राहदानीको म्याद थपका लागि फारम भरेर बुझाउन अपिल गरेको छ ।
दूतावासले २०२३ अप्रिलभन्दा अगाडि म्याद सकिन लागेका पासपोर्ट वाहकको सहजताका लागि निवेदन माग गरेको हो । राहदानी विभागले मेसिन रिडेवल पासपोर्टको सट्टामा ई–पासपोर्ट जारी गर्न शुरु गरेकाले मिति सकिएका नेपालीले राहदानी फारम भरेर बुझाउन राजदूतावासले अपिल गरेको छ । आवेदनहरु लिनका लागि नेपाली राजदूतावास लण्डनको टोली घुम्ती शिविरका लागि माल्टा आउने भएको छ ।
दूतावासले मिति सकिने पुरानो पासपोर्ट वाहकलाई शिविरमा पुगेर नाम टिपाउन आग्रह गरेको छ । माल्टाको लागि नमस्ते नेपाल मिनि मार्केटको कार्यलयमा स्थानीय समय अनुसार बिहान एघार बजेदेखि साँझ सात बजेसम्म सेवा दिने बताएको छ । जसका लागि आवेदकले नेपाली नागरिकताको प्रतिलिपि, सेतो पृष्ठभूमिमा खिचिएको चार प्रति एमआरपी फोटो र सक्कली राहदानी आवश्यक पर्ने दूतावासले जनाएको छ ।
स्रोतका अनुसार लागत एकसय दस पाउण्ड अर्थात झण्डै एकसय अठ्ठाईस युरो खर्च लाग्ने बुझिएको छ । सो रकम बैकमा डिपोजिट गरि भौचर लिएर सेवा लिन आउन दूतावासले आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies