
काठमाडौं : गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले बुधबार राजीनामा दिएका छन् ।
एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा बुझाएका हुन् । यसअघि मंगलबार बसेको संसदीय बोर्डको बैठकले पनि मन्त्रीहरूलाई राजीनामा दिन निर्णय गरेको थियो ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे रहेका छन् ।
उनीहरू मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गत वैशाख २ गते मन्त्री नियुक्त भएका थिए । तर, सत्ता समीकरण परिवर्तन भएसँगै एमाले कांग्रेस नेतृत्वको प्रदेश सरकारबाट बाहिरिएको हो ।
हाल गण्डकी प्रदेशमा एमाले र नेकपा नेतृत्वको नयाँ सत्ता समीकरण बनेको छ ।