२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सेती नदी जलविद्युत आयोजनाको यान्त्रिक परीक्षण शुरु

ADV
मध्यान्ह
२०८१ साउन ३० गते २१:०९
सेती नदी जलविद्युत आयोजनाको यान्त्रिक परीक्षण शुरु

पोखरा : भिजल लुम्बिनी ऊर्जा कम्पनीको २५ मेगावाटको सेतीनदी जलविद्युत आयोजनाको यान्त्रिक परीक्षण सुरु भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण शुरु भएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर आजदेखि यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत पोखरेलले जानकारी दिए । ‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएकोले बुधबारदेखि पेनस्टक पाइपमा पानी हाल्न थालिएको हो । त्यसपछि पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने काम शुरु हुन्छ’, पोखरेलले भने ।

‘यान्त्रिक परीक्षणको काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ । पाइपमार्फत् लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताए । उनेले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको पनि जानकारी दिए । उनका अनुसार यस आयोजनामा एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रुपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।’

सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब बढी लगानी भएको छ । यसमा चार अर्ब ५ करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक लेखनाथ पाण्डेले  जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise