२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी भएन : ओली

Nada
२०८३ भदौ १४ गते १६:०४
Shares
सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी भएन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामथ्र्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

ncell

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढी सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका हुन् ।

महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि ‘अदृश्य’ र ‘अगम्य’ भएको आरोप लगाए । सबै राजनीतिक दलहरूले विपद्लाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिवद्धता जनाउँदा समेत सरकारले राजनीतिक जस लिने होडबाजी गरेको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाए । विशेषगरी नेपाल पर्वतारोहण संघ जस्ता दक्ष संस्थाहरूलाई खोजी तथा उद्धारमा संलग्न हुन नदिइएको र निजी क्षेत्रका हेलिकप्टरहरू भाडामा लिएर प्रयोग गर्न समेत अवरोध सिर्जना गरिएको उनले उल्लेख गरे ।

सरकारले विज्ञहरूको दक्षता र क्षमताको मद्दत लिनुको सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उनको दाबी छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन आइतबार अध्यक्ष ओलीलाई हस्तान्तरण गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर