२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

माछापुच्छ्रे बैंकद्वारा २ करोड १ लाख सहयोग

Nada
२०८३ भदौ १६ गते २१:२७
Shares
माछापुच्छ्रे बैंकद्वारा २ करोड १ लाख सहयोग

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ncell

बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा जनजीवन, घर तथा निजी सम्पत्तिमा ठुलो क्षति पुगेपछि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ ।आर्थिक सहयोगले बाढीपहिरो प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक र समुदायलाई राहत तथा सहयोग प्रदान गर्दै आएको जनाएको छ ।

uae

सम्बन्धित खबर