
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एकाउन्न लाख सहयोग गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठुलो मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संकटको घडीमा सधैँ साथ रहने वाचा सहित सो रकम प्रदान गरेको हो ।
भीषण बाढी र डुबानका कारण दर्जनौँ नागरिकले अकालमै ज्यान गुमाउनु परेको, कैयौँ बेपत्ता भएको, बस्ती तथा पूर्वाधारहरू क्षतिग्रस्त भई सयौँ परिवार विस्थापित हुनु परेको यस कठिन घडीमा कम्पनीले प्रभावित नागरिकहरू प्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।