२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

बाढीपीडितका लागि एसोसिएसनको १० लाख ११ हजार सहयोग

Nada
२०८३ भदौ १७ गते ०६:२०
Shares
बाढीपीडितका लागि एसोसिएसनको १० लाख ११ हजार सहयोग

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि नेपाली कांग्रेसमार्फत १० लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग उपलब्ध गराएको छ ।

ncell

एसोसिएसनले संकलन गरेको रकम मंगलबार नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मालाई हस्तान्तरण गरेको हो ।

एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरेको नेतृत्वमा गएको एसोसिएसन कार्यसमिति पदाधिकारी, सदस्य तथा सल्लाहकार, संस्थाका पूर्वअध्यक्ष एवं पदाधिकारीले उक्त रकमको चेक नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी हस्तान्तरण गरे ।

एसोसिएसनले कुनै व्यक्तिगत वा संस्थागत श्रेयका लागि नभई प्राकृतिक विपद्का कारण पीडामा परेका नागरिकको परिवारलाई राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने पवित्र उद्देश्यका साथ सहयोग गरिएको बताएको छ ।

एसोसिएसनले मानवीय अभियानमा साथ, सहयोग र ऐक्यबद्धता जनाउने एसोसिएसनमा आबद्ध सम्पुर्ण सदस्य, शुभेच्छुक तथा शुभचिन्तक सहयोगीहरूप्रति आभार एवं धन्यवाद व्यक्त गरेको छ ।

uae

सम्बन्धित खबर