
काठमाडौं : नेपाल स्वास्थ्य व्यवसायी महासंघले भोटेकोशी बाढीपीडितका लागि २० लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । महासंघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मंगलबार २० लाख ५ हजार रुपैयाँ जम्मा गरिएको महासंघका महासचिव दाताराम काफ्लेले जानकारी दिए ।
महासंघले मुलुकमा दैवी विपत्ति, प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत योगदान गर्दै आएको छ । महासंघले राष्ट्रसामु निम्तिएको अकल्पनीय पीडामा परेकाहरू तथा मृतकका आश्रति परिवारलाई सहयोग पुगोस् भनेर सहयोग रकम जम्मा गरेको पनि महासचिव काफ्लेले जानकारी दिए ।
‘विपद्को पीडामा साथ, मानवताको हात’ भन्ने भावना अनुसार देश दुःखमा परेका बेला आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु नै मानवीय धर्म र सामाजिक दायित्व हो भन्ने मान्यता अनुसार सबै व्यवसायीले सहयोगमा सहभागिता जनाएको पनि महासचिव काफ्लेले बताए ।
