२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

दैवी उद्धार कोषमा ७ अर्ब ८८ लाख, १५ पालिकालाई बजेट निकासा 

Nada
२०८३ भदौ १७ गते १३:३९
Shares
दैवी उद्धार कोषमा ७ अर्ब ८८ लाख, १५ पालिकालाई बजेट निकासा 

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।

ncell

भदौ १७ गते बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका लागि कोषमा रहेको रकम तथा सरकारले गरेको निकासासम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री शाहका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

प्राधिकरणलाई पठाइएको उक्त रकममध्ये हालसम्म विभिन्न १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको उनले बताए। विपद् प्रभावित स्थानीय तहमा सिधै बजेट पठाएर राहत, उद्धार तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइएको जानकारी उनले दिए ।

सदनमा बोल्दै उनले विपद्को यो समयमा स्रोत र साधनको अधिकतम प्रयोग गरी नागरिकको जिउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे

uae

सम्बन्धित खबर