तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले हार व्यहोरेको छ । एजुकेसन सिटी स्टेडियममा बुधवार राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हराएको हो ।
ट्युनिसियाको जितमा वाह्बी खाज्रीले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरे । समूह चरणको अन्तिम खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ भने ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार राति नै अल जानुब स्टेडियममा बुधबार राति डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो । अष्ट्रेलिया १६वर्षपछि नकआउट चरणमा पुगेको हो । अष्ट्रेलियाको जितमा म्याथ्यु लेकीले खेलको ६० औं मिनेटमा म्याथ्युले गोल गरेका हुन् । यस जितसँगै अष्ट्रेलिया समूह 'डी' को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने डेनमार्क वल्डकपबाट बाहिरिएको छ ।
बिहीबार बिहान पौने १ बजे स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको छ । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले ३९ औं मिनेट र ४६ औं मिनेटमा गोल गरे ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भने पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए। जितसँगै अर्जेन्टिना समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
बिहीबार बिहानै भएको मेक्सिको र साउदी अरेबिया बिचको खेल २-१ गोल अन्तरमा सकिएको छ । खेलको ४७ औं मिनेटमा हेनरीमार्टिनले गोल गरे भने ५२ औं मिनेटमा लुईस चाभेजले गोल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाएका थिेए तर खेलको इन्जुरीसमयमा साउदीका सलिम अल्दावसरीले गोल गरेपनि मेक्सिको २-१ ले विजयी भयो । साउदीमाथि जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ।
समूह 'सी' को मेक्सिकोले ३ खेलमा ४ अंक जोड्यो । मेक्सिको तेस्रो स्थानमा रह्यो । साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।एकै खेलमा प्रतिष्पर्धा गरेका दुई समुह मेक्सिको र साउदी अरेबिया एकै पटकमा कतारमा जारी वल्डकपबाट बाहिरिने पहिलो समुह बनेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies